प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा एमाले गएन

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ ।

संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको हो ।

आफुहरुले राखेका माग सम्बोेधन नभएकोले आजको बैठकमा एमाले सहभागी नहुने संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिनुभयो ।

वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असमति रहेकोले बैठकमा नजाने उहाँले बताउनुभयो ।

संसद्मा प्रतिनिधित्व गर्ने पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् ।

बैठकमा त्यसबाहेक नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लाई बोलाइएको छ ।