काँग्रेसको टोली भारत जाँदै

maitrinews

 

काठमाडौँ । भारतसँग सम्बन्ध सुधारका लागि सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा र सरकारसँग सम्बन्ध सुधारका लागि कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।

भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा भारत जान लागेको प्रतिनिधिमण्डलमा उदय शम्शेर जबरा र अजय चौरसिया रहेका छन् । दुवै पूर्व राज्यमन्त्री हुन् । दुई पार्टीबीच सम्बन्ध सशक्त बनाउनका लागि गरिएको यो पारस्परिक भ्रमण हो।

प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह र वैदेशिक मामिला विभागका प्रमुख चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम रहेको छ