मुगुमा बस दुर्घटना,३२ जनाको मृत्यु

maitrinews

 

काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा ३२ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । र्खेतबाट मुगुतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनाग्रस्त भएको हो । सडकबाट अढाइ सय मिटर बस तल खसेको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ४५ जना यात्रु सवार थिए ।
भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दुर्घटना भएको हो ।