टीका लगाउने क्रम जारी

maitrinews

 

काठमाडौं । टीकाको दोस्रो दिन आज पनि टीका लगाउने क्रम जारी छ । हिजो टिका लगाउन नपाएकाहरुले आज पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने प्रचलन छ ।

आज बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टिका थाप्न जानेको घुइँचो रहेको छ । हिजो बिहान साइतमा टिका लगाएपनि टाढा रहेका आफन्तकहाँ टिका लगाउने जाने क्रम पूर्णिमासम्म रहन्छ । टिकाअघि काठमाडौं उपत्यका सुनसान रहेपनि आज भने बिहानैदेखि सर्वसाधारणको आवागमन बढेको छ ।