एमाले राम्रो र बलियो भएको छ : ओली

maitrinews

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको बेइज्यतगर्ने र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको दाबी गर्नुभएको छ ।

देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहाल पार्टीवाट अलग्गिएपछि पार्टी थप शसक्त भएको बताउनुभययो ।

‘पार्टीको बेइज्यत गर्नेहरु गइसके अव पार्टी शुद्धिकरण भयो । पार्टीलाई सरकारवाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र वाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि वढेको छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले लोकतान्त्रिक भनिएको पार्टी कांग्रेसेले समेत अधिवेशन गर्न नसकेको भन्दै एमाले उन्नत पार्टी भएको बताउनुभयो ।