प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रमा

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकन गर्न आइतबार बिहान त्यसतर्फ जानुभएको छ । सुदूरपश्चिम र कर्णालीमा दुई दिन बिताएर अध्ययन अवलोकनपछि प्रधानमन्त्री देउवा बेमौसमी वर्षाले क्षति पुर्याएको क्षेत्र पूर्वको अवलोकन गर्न जानुभएको हो ।

देउवा पूर्वका सुनसरी, मोरङ, इलाम र पाँचथरको स्थलगत भ्रमण गर्दै हुनुहुन्छ । उहाँले चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितहरुसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाको बारेमा जानकारी लिने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।