१४ न्यायाधीशको बैठक सकियो

maitrinews

 

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका गतिविधिप्रति प्रश्न उठाइरहेका सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूको बैठक सकिएको छ । बैठकले अहिले अदालतभित्र देखिएका विचलन र प्रधानन्यायाधीशको भूमिकाबारे समीक्षा गरेको छ ।
झन्डै २ घण्टा चलेको बैठकले मंगलबार बिहान ११ बजे प्रधानन्यायाधीश जबरालाई भेटेर आफ्नो संयुक्त कुरा राख्ने निर्णय गरेको छ ।
न्यायाधीशहरू आफ्नो बैठकमा केन्द्रित भएपछि सोमबारका सर्वोच्च अदालतका सबै इजलास प्रभावित भएका छन् ।