परिचयपत्र नभएका व्यक्तिलाई घर भाडामा नदिन गृहको आग्रह

maitrinews

 

काठमाडौं । गृह मन्त्रालयले परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर, अपार्टमेन्ट, कोठा वा फ्लाट भाडामा नदिन आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदेशी नागरिकहरु परिचय लुकाई अनाधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको बुझिन आएकाले आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको हो ।

यदि पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न पनि विज्ञप्तिमार्फत गृहले आग्रह गरेको छ ।