राजेन्द्र पाण्डेद्वारा मुख्यमन्त्रीमा दाबी

maitrinews

 

हेटौँडा । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागी नेकपा एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र पाण्डेले दाबी पेस गर्नुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पदका प्रत्याशी पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र बुधवारै साँझ बुझाउनुभयो ।
पाण्डेको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीति दलले समर्थनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते अपराह्न ३ बजेसम्म समय सीमा निर्धारण गरेअनुसार मुख्यमन्त्री पदका लागि प्रत्याशी पाण्डेले बुधवारै दाबी पत्र दर्ता गराएका थिए ।