रमेश महर्जनप्रति भावपूर्ण श्रद्धाञ्जलि

maitrinews

न्युयोर्क । नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष स्व. रमेश महर्जनको तेह्रौँ दिनको पुण्य तिथिमा यहाँ श्रद्धाञ्जलि सभाको आयोजना गरी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो । कार्यक्रममा उहाँको तस्बिरमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणले फूूल चढाई तथा दियो बाली श्रद्धा व्यक्त गरेका थिए ।
न्युयोर्क नेवा गुठीव्दारा आयोजित उक्त श्रद्धाञ्जलि कार्यक्रममा गुठीका महासचिव सन्तोष महर्जनले उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
गुठीका अध्यक्ष विजयमान सिंहले स्वं महर्जनका बारेमा प्रकाश पार्दै उहाँ एक सफल ब्यापारीमात्र नभई असल समाजसेवी तथा नेपाली कला र संस्कृतिको संरक्षक भएको बताउनुभयो ।

 


अध्यक्ष सिंहले भन्नुभयो, स्व. महर्जनले भूकम्पबाट तहसनहस भएका पाटनमा केही घरहरु नेवारी शैलीमा बनाउनुका साथै नेवारी खाजाघरको व्यवस्था गरिदिनुभयो । विभिन्न देशका राजदूतले ती संरचनको अबलोकन गरी प्रशंसा समेत गरेका थिए । उहाँले नेपाली सुनचाँदी र हिराका गरगहनाको ब्यापार अमेरिकामा प्रवेश गराउनुभयो ।
स्व. महर्जनले नेपालमा नेपाल श्रीलंका मैत्री संघको अध्यक्षलगायत विभिन्न मैत्री संघहरुमा रहेर काम गर्नुभएको पनि उहाँले जानकारी दिनुभयो ।
स्वं महर्जनप्रति श्रद्धाञ्जलि अर्पण गर्नेहरुमा फिफनका अध्यक्ष लोक चेम्जोंग, कियाचुका अध्यक्ष सुमन लिम्बु, घ्याम्सुम्दोका कोषाध्यक्ष छोन्जोम लामा, प्रवासी एकता मञ्चका कोषाध्यक्ष उमा तामांग, फिफ्नाका केन्द्रीय सदस्य सोनाम शेर्पालगायत हुनहुन्थ्यो ।
त्यसैगरी, न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, गुठीका भूपू समापतिव्दय आदित्य महर्जन र निर्मल प्रधानलगायत गुठी परिवार साथै उपस्थित सर्वसाधारणले पनि स्वं महर्जनप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।