विद्युतीय विमानको परीक्षण उडान

maitrinews

 

बेलायत । रोल्स रोयसले आफूले निर्माण गरेको ुस्पिरिट अफ इनभेशनु विमान विश्वको सबैभन्दा तीव्र गतिको विद्युतीय हवाईजहाज भएको दाबी गरेको छ।

भर्खरै गरिएको एउटा परीक्षणमा उक्त विमान ६२३ किलोमिटर प्रतिघण्टाको गतिमा उडेको सो कम्पनीले जनाएको छ।

उक्त विमानले तीनवटा फरक दूरीमा नयाँ विश्वकीर्तिमान गरेको विश्वास गरिएको छ।

रोल्स(रोयसले प्रमाणीकरणका लागि सम्बन्धित तथ्याङ्क वर्ल्ड एअर स्पोर्ट्स फेडरेशनलाई पठाएको छ।

यूकेको विल्टशरमा नोभेम्बर १६ मा उक्त विमानका परीक्षण उडानहरू गरिएका थिए।

कम्पनीका एक निर्देशक फिल ओुडेलले उडाउँदा स्फिरिट अफ इनभेशन विमानले सबैभन्दा तीव्र गति हासिल गरेको थियो।

ूयो मेरो व्यावसायिक जीवनको मुख्य आकर्षण हो अनि पूरै टोलीका लागि एउटा अविश्वसनीय उपलब्धि,ू उनले भने।
विद्युतीय विमान

यो विमानमा ४०० किलोवाटको विद्युतीय पावरट्रेन प्रयोग भएको छ

रोल्स रोयसका अनुसार स्पिरिट अफ इनभेशनको गति यसअघि सन् २०१७ मा कीर्तिमान राखेको जीमन्स ईएअरक्राफ्टले बनाएको एक्स्ट्रा ३३० एलई एरोब्याटिक विमानभन्दा २१३।०४ किलोमिटर प्रतिघण्टाले बढी थियो।

तीन किलोमिटर उड्दा रोल्स(रोयसको विमानको गति ५५५।९ किलोमिटर प्रतिघण्टा र १५ किलोमिटर उड्दा ५३२।१ किलोमिटर प्रतिघण्टा पुगेको थियो।

अनि ३,००० मिटरको उचाइमा २०२ सेकन्डमा पुगेर यसले सबैभन्दा चाँडै त्यति माथि पुग्ने कीर्तिमान ६० सेकन्डले घटाएको विश्वास गरिएको छ।

यो विमानले ४०० किलोवाटको विद्युतीय पावरट्रेन प्रयोग गर्छ जसको क्षमता ५३५ बीएचपी सुपरकारको जति हुन्छ।

रोल्स(रोयसले आफूले प्रयोग गरेको ुप्रपल्शन ब्याटरी प्याकु एकदम शक्तिशाली भएको र त्यो ७,५०० वटा फोन चार्ज गर्न सक्ने खालको भएको बताएको छ।

कोप २६ मा विश्वको ध्यान कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने कुरामा केन्द्रित भएको उल्लेख गर्दै रोल्स(रोयसका प्रमुख कार्यकारी वारन ईस्टले भने, ूयो ुजेट जीरोू लाई यथार्थ बनाउन सहयोगी हुने एउटा कोसेढुङ्गा हो।ू

ूयसले आकाश, भूमि र समुद्रमा हुने परिवहनमा कार्बन घटाउन आवश्यक महत्त्वपूर्ण प्राविधिक खोज उपलब्ध गराउने हाम्रो आकाङ्क्षालाई सघाउँछ।ू

रोल्स(रोयसले फेडरेशन एरोनटिक इन्टर्न्याश्नल ९एफएआई० ले आफ्नो उपलब्धिलाई प्रमाणीकरण गरिदिने र चाँडै त्यसलाई विश्वकीर्तिमानको मान्यता दिने अपेक्षा गरेको छ।