काँग्रेसले १६ जिल्लामा अधिवेशन गर्न सकेन

maitrinews

 

काठमाडौं । नेपाली काँग्रेसले जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित भएको हो ।

आजबाट प्रदेश अधिवेश सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने निर्वाचन समितिले जनाएको छ । काँग्रेस निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले १६ जिल्लाको अधिवेशन स्थगित गरेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको बताउनुभयो ।

उहाँकाअनुसार सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपरासी, बाँके, अछाम, कैलाली र प्रदेश २ को को आठ वटा जिल्लामा अधिवेशन स्थगित भएको हो ।