देउवा दोस्रो पटक सभापति निर्वाचित

maitrinews

 

काठमाडौं । नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । मङ्सिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री समेत रहनुभएको देउवा निर्वाचित हुनुभएको हो ।

सभाापति पदका लागि दोस्रो चरणममा भएको मतदानमा देउवाले २७ सय ३३ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उहाँको प्रतिस्पर्धी डा। शेखर कोइरालाले१८ सय ५५ मत प्राप्त गर्नुभएको छ । यसैगरी ३३ मत बदर भएको छ ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । दोस्रो चरणको मतदानमा चार हजार ५६३ मत खसेको थियो । सभापतिका लागि तीन वटा मतपेटीकामा मत खसालिएको थियो ।