काठमाडौँ महानगर घोषणा भएको २७ वर्ष पूरा

maitrinews

काठमाडौँ  । काठमाडौँ महानगर घोषणा भएको बुधबार २७ वर्ष पूरा भएको छ । तत्कालीन मेयर पीएल सिंहको नेतृत्वमा २०५२ मङ्सिर २९ गते महानगर घोषणा भएको थियो । महानगर घोषणापछि लामो समय जनप्रतिनिधिविहीन बनेको महानगरले सशस्त्र द्वन्द्व, विनाशकारी भूकम्प र कोरोना महामारीको सामना गरिसकेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरलाई थप प्रविधिमैत्री बनाउने उद्देश्यले जीआईएस, अभिलेखको डिजिटलाइजेसन तथा सफाइमा थप प्रविधि भित्र्याउनेगरी काम भइरहेको जनाकारी दिनुभयो ।
१९७६ साल पुस २ गते सफाइ अड्डा (कुचो)बाट सुरु भएको महानगरमा अहिले विकसित देशमा चल्ने ब्रुमरबाट मुख्य सडकको सफाइ सुरु गरिएको छ । सडक सफाइका लागि इटालीबाट ल्याइएका सात र चीन सरकारले अनुदानमा दिएका दुईवटा ब्रुमर मेसिनले महानगरभित्रका मुख्य सडकको सफाइ भइरहेको छ ।

कागजपत्रको चाङलाई व्यवस्थित गर्न महानगरले कम्प्युटर प्रणालीको प्रयोगबाट व्यवस्थित गरेको छ ।पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रदेश सरकारको सहयोगमा नौ सय किलोमिटर सडक कालेपत्रे सम्पन्न भएको छ ।
महानगर उपप्रमुख हरिप्रभा खड्गीले पछिल्लो साढे चार वर्षमा उल्लेख्य काम भएको बताउनुभयो । महानगरले पछिल्लो साढे चार वर्षमा २७ वटा ऐन, पाँचवटा नियम, चार निर्देशिका तथा २० वटा कार्यविधि तयार गरिसकेको छ । कानुन, नियम र निर्देशिका जारी भएपछि महानगरको अधिकार क्षेत्रसमेत स्पष्ट भएको छ ।

महानगरलाई व्यवस्थित गरेका छौँ

विद्यासुन्दर शाक्य
प्रमुख, काठमाडौँ महानगरपालिका

तत्कालीन मेयर पीएल सिंहको नेतृत्वमा म वडा सदस्य रहेका बेला महानगर घोषणा भएको हो । महानगर स्थापना भएपछि २०७२ सालको भूकम्प र देशमा संविधान जारी भयो । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा हामीले काम सुरु गरेपछि भूकम्पले पु¥याएको भौतिक तथा आर्थिक नोक्सानीमा महानगरवासीसँग हातेमालो गरेर अघि बढ्यौँ ।
पुनर्निर्माणमा हामीले विशेष ध्यान दियौँ । छोटो अवधिमा अस्तव्यस्त रहेको महानगरलाई व्यवस्थित गर्ने काम ग¥यौँ । महानगरका भौतिक पुनर्संरचनासँगै सडक विस्तारमा हामीले ध्यान दियौँ । महानगरपालिकाबासीलाई अनुभूत हुनेगरी काम गरेका छौँ । महानगरबासीबाट भएको सहयोगको प्रशंसा गर्न चाहन्छु ।
दुई हजार वर्ष पुरानो काठमाडौँ सहरलाई पुरातात्त्विक सम्पदको संरक्षण गर्दै नयाँ प्रविधिको प्रयोगलाई सँगसँगै लगेका छौँ । महानगरलाई थप प्रविधिमैत्री बनाउन ‘जीआईएस’ जडान तथ्याङ्कको ‘डिजिटलाइजेसन तथा घरबाटै कर तथा राजस्व तिर्न मिल्ने गरी प्रविधिको विकास गरेका छौँ ।

थुप्रै काम भएका छन्

हरिप्रभा खड्गी श्रेष्ठ
उपप्रमुख, काठमाडौँ महानगरपालिका

मुलुकको पहिलो महानगर काठमाडौँ महानगरपालिका घोषणाको २७ वर्ष पूरा भएको छ । लामो समय स्थानीय सरकार नभएको अवस्थामा रहेको महानगरपालिका पछिल्लो साढे चार वर्षमा थुप्रै काम गर्ने प्रयास गरेका छौँ । सङ्घीयता लागू भएपछि महानगरको पहिलो काम कानुन निर्माण गर्नु थियो । हामीले भूकम्पले क्षति पु¥याएको भौतिक सम्पदाको पुनर्निर्माणसँगै महत्त्वपूर्ण कानुनसमेत तयार ग¥यौँ । विकास निर्माणका काम सोचे जति गर्न नसके पनि कामपाभित्र सडक विस्तारमा थुप्रै काम भएका छन् । महानगरले नयाँ प्रविधिको समेत प्रयोग गरेर काम गर्ने तयारी गरिरहेको छ ।