रञ्जु दर्शनाव्दारा विवेकशील साझा पार्टी परित्याग

 

काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गर्नुभएको छ । रञ्जुले आज वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गर्नुभएको हो ।
अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उहाँले बताउनुभएको छ ।

सके राजनीतिमा फोहोर सफा गर्छु, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उहाँले भन्नुभएको छ, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’