कमजोर भयो कानुन व्यवसायीको आन्दोलन

maitrinews

 

काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग राख्दै जारी आन्दोलनको अगुवाइ गरिरहेको नेपाल बार एसोसिएसनले काठमाडौं उपत्यकामा रहने सबै कानून व्यवसायीको सक्रिय सहभागिताका लागि आह्वान गरेको छ । आन्दोलन कमजोर भएपछि बारले यस्तो आह्वान गरेको हो ।

सर्बोच्च अदालत परिसरमा बिहान ११ बजेदेखि १२ बजेसम्म गरिने आन्दोलन कार्यक्रममा उपत्यकामा रहेका सबै कानून व्यवसायीको सक्रिय सहभागिता हुन एसोसिएसनका सचिव अधिवक्ता मनोजकुमार चौधरीले आग्रह गर्नुभयो । डेढ महिनाअघि देखि आन्दोलनमा रहेको बारले कार्यक्रममा सहभागीता घट्दै गएपछि सक्रिय सहभागीताका लागि विज्ञप्तिमार्फत नै आब्हान गरेको हो ।

यता केही कानून व्यवसायीहरुले संसदमा रहेका दलहरुले कानून व्यवसायीहरुले उठाएका मागहरुबारे भरपर्दो आश्वासन नदिएपछि आन्दोलन तुइने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । आन्दोलनको मोर्चाबाट आफ्नै सदस्यहरु टिकाउन कठिन भइरहेको, महाअभियोगको प्रस्तावप्रति दलहरुले चासो नदिएपछि नेपाल बारले नियमित कार्यक्रममा अनिवार्य उपस्थितिका लागि आब्हान गर्नुपरेको बताइएको छ ।