माओवादी केन्द्रको बन्दसत्र आज

maitrinews

 

काठमाडौँ ।माओवादी केन्द्रको बन्दसत्र आजदेखि प्रज्ञा भवनमा सुरु भएको छ । आइतबार उद्घाटनसत्र​ सम्पन्न गरेको माओवादीले कमलादीस्थित प्रज्ञा भवनमा बन्दसत्र गर्न लागेको हो ।

उद्घाटन सत्रको समापनको अवसरमा उद्‌घोषक समेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दसत्र​को बारेमा जानकारी दिनुभएको थियो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ ।

विचारको महाधिवेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ ।
सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।