राजनीतिक प्रतिवेदन, प्रचण्डपथ नब्युँताइने

maitrinews

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा आएसँगै कुनै छलफलबिनै प्रचण्डपथ स्थगित गर्नु कमजोरी भएको बताउनुभएको छ ।

८औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष दाहालले केन्द्रीय भेला, केन्द्रीय समिति बैठक वा कुनै फोरमबाट ुप्रचण्डपथु स्थगित गरिनु कमजोरी भएको उल्लेख गर्नुभएको हो। दाहालले नयाँ राजनीतिक विचार विकासका लागि ुप्रचण्डपथु अनुभव र सन्दर्भ सामग्री बने पनि त्यसलाई नब्युँताइने बताएका छन् । पार्टीभित्र कतिपय नेताले अझै पनि ुप्रचण्डपथु सान्दर्भिक र ब्युँताउने बताइरहँदा दाहालले प्रतिवेदनमा यस्तो उल्लेख गर्नुभयो ।
सोमबार बिहान साढे ११ बजेबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले ु२१औं शताब्दीमा समाजवादको नेपाली बाटोु शीर्षकको वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको छ ।

उक्त प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ ।