प्रम देउवा २६ गते भारत जाने

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जानुहुने भएको छ । देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार उहाँले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्नुहुनेछ। यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने तय भएको छ ।