काठमाडौँ उपत्यकामा जोर विजोर लागू हुँदै

maitrinews

 

काठमाडौं( काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनमाथि जोर(विजोर प्रणाली लागू भएको छ।

बिहिबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले काठमाडौं उपत्यकामा भित्र चल्ने सवारीसाधनमाथि जोर(विजोर लागू गर्ने निर्णय गरेको हो।

ललितपुरका सहायक सिडिओ हरिप्रसाद पन्तले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर(विजोर प्रणाली शुक्रबार राति १२ बजेदेखि लागू हुने बताउनुभयो ।