लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ देखि

maitrinews

 

काठमाडौँ । लोक सेवा आयोगले कोरोनाका कारण स्थगित विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
आयोगले यसअघि माघ ६ गत सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि स्थगित परीक्षाहरु आगामी फागुन ६ गतेदेखि हुने भएको हो।

आयोगले सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा ९सञ्चालन तथा व्यवस्थापन० सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने कार्यक्रम तोकेको हो ।

लिखित परीक्षा सञ्चालन गर्दा सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरिने आयोगले जनाएको छ।

आयोगले निर्धारित लिखित परीक्षाका परीक्षा केन्द्र तोकेर यथाशीध्र जानकारी गराइने जनाएको छ।