कमल थापाले नयाँ दल खोल्ने

maitrinews

 

काठमाडौँ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले नयाँ दल गठनको तयारी अन्तिम चरणमा पुर्‍याउनुभएको छ । मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आउनुभएको छ ।
थापा निकट नेताहरुका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनसँग माघभित्रै कुनै सहमति हुन नसके फागुनको पहिलो साता नै थापाले नयाँ राजनीतिक दलको घोषणा गर्नुहुन्ेछ ।
‘अध्यक्षमा राजेन्द्रजीले नोमिनेसन गरेपछि दुबैजनाबीच फेस टु फेस नै भएको छैन । अहिले थापा कोरोना भएको कारण आइसोलेसनमा हुनुहुन्छ’ राप्रपाका पूर्व कोषाध्यक्ष उद्धव पौडेलले भन्नुभयो, ‘माघभित्र निर्णय भएर सुलह नभएको अवस्थामा नयाँ पार्टी बन्दा अचम्म नमाने हुन्छ । त्यस दिशातर्फ गईरहेको देखेको छु । मिल्न चाहने हो भने धेरै ठूला विषयहरु छैनन् ।’

पौडेल शनिबारसम्ममा थापाको आइसोलेसनका लागि तोकिएको अवधी समाप्त हुने बताउनुभएको छ । पौडेल अध्यक्ष लिङ्देन र थापा दुबैसँग संवादमा हुनुहुन्छ ।

थापा निकट कतिपय युवा नेताहरुले फागुन ७ गते प्रजातन्त्र दिवसको असर पारेर नयाँ दलको घोषणा हुने फेसबुकमा लेखेका छन् ।