जनमत पार्टीको राजमार्ग केन्द्रित कार्यक्रम स्थगित

maitrinews

 

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित कार्यक्रम स्थगित गरेको छ। मौसम प्रतिकूल भएको भन्दै लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका र नगरपालिका केन्द्रित कार्यक्रम गर्न जनमत पार्टीले निर्देशन दिएको छ।

मौसमले साथ दिएमा किसानहरूसँग अन्तर्क्रिया गर्नसमेत पार्टीले आग्रह गरेको छ।

साथै माग सम्बोधन नभए फागुन १ गतेदेखि आन्दोलनको कार्यक्रम ल्याउने पार्टीका महासचिव चन्दन सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ।

जनमत पार्टीले मधेश प्रदेशमा पछिल्लो समय किसान आन्दोलन नाम दिएर प्रदर्शनलगायत कार्यक्रम गर्दै आएको छ।