सगरमाथाको हिमनदी तीव्र गतिमा पग्लदै

maitrinews

काठमाडौँ । जलवायु परिवर्तनका कारण सगरमाथाको उच्च भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको नयाँ अध्ययनले औँल्याएको छ।

यूनिभर्सिटी अफ मेनको नेतृत्वमा रहेका वैज्ञानिकहरुले विश्वको सर्वोच्च हिमालमा अवस्थित ुसाउथ कोल ग्लेसीअरु विगत २५ वर्षमा ५४ मिटर ९१८० फिट० घटिसकेको पत्ता लगाएका छन्।

समुद्रको सतहभन्दा झन्डै ७,९०६ मिटर उचाइमा रहेको उक्त हिमनदीमा पहिलो पटक बरफ जम्न लागेको समयभन्दा बरफ पग्लिने गति ८० गुना चाँडो छ।

बढ्दो तापमान तथा तीव्र गतिमा चल्ने हावाका कारण तीव्र गतिमा बरफ पग्लिँदै र पातलिँदै गएको मानिएको छ।