एमाले संसदीय दलको बैठक

maitrinews

 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्यो । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बसेको हो । आइतबार प्रधानन्यायाधीश विरुद्ध दर्ता गरिएको महाअभियोगबारे बैठकमा छलफल केन्द्रित भयो ।
महाअभियोगको विषयमा पार्टीको साझा धारणा बनाउन छलफल भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । यसबाहेक एमसीसीबारे पनि बैठकमा छलफल भयो ।
एमाले अध्यक्ष केपी ओली, सुवास नेम्वाङलगायत नेताहरूले महाअभियोगबारे आइतबार नै सरकारको आलोचना गर्नुभयो । अध्यक्ष ओलीले सरकारले निर्वाचन नगर्ने बहानाको रुपमा महाअभियोग ल्याएको आरोप लगाउनुभयो ।