एमालेव्दारा सर्वदलीय बैठक बहिष्कार

maitrinews

 

काठमाडौँ । नेकपा एमालले सर्वदलीय बैठक बहिष्कार गरेको छ । एमालेले बहिष्कार गरे पनि अन्य दलको सहभागितामा सभामुख अग्नि प्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्यो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरूको सहभागिता थियो।
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकको छलफल केन्द्रित रह्यो । आइतबार प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता गरेपछि यसबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।

नेकपा एमालेले भने सर्वदलीय बैठकमा सहभागी नहुने भन्दै सोमबार बिहानै जनाएको थियो । सभामुखको भूमिका र सरकारको गतिविधिप्रति आपत्ति जनाउँदै एमालेका नेताहरूले सर्वदलीय बैठकमा सहभागी भएनन् ।