प्रहरीद्वारा अश्रुग्यास प्रहार, बानेश्वर क्षेत्र तनावग्रस्त

maitrinews

 

काठमाडौँ । एमसीसीको विरुद्धमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ । जसले गर्दा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शनकारीले ब्यारिकेड तोडेर प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले लगातार अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारेको छ ।
सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन आईसीएललगायत अन्य दलका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो ।
माओवादी केन्द्रलगायत राप्रपा नेपाल तथा अन्य दलका कार्यकर्ताले नाराबाजी गर्दै प्रहरीले लगाएको ब्यारिकेड तोड्न खोजेपछि प्रहरीले भीडलाई तितरबितर बनाउनका लागि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको हो ।