ढुंगाखानीमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, पाँच टिपरसहित ट्रक र एक्साभेटर पुरिए

maitrinews

 

काभ्रे । काभ्रेको बनेपामा आइतबार एउटा ढुंगाखानीमा ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ।
काभ्रेका प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाका अनुसार बनेपा १४ आशापुरीमा रहेको आशापुरी रोडा ढुंगा सप्लायर्समा आइतबार दिउँसो सवा एक बजेतिर ढिस्को खसेको हो।
ढिस्कोमा पुरिएका दुई जनालाई प्रहरीले उद्धार गरेको छ भने अरू मानिसहरू पनि फसेको हुन सक्ने खतिवडाले जानकारी दिए।

ढिस्को खस्दा दुइटा एक्साभेटर, पाँच टिपर र दुई ट्रक पुरिएका छन्। मृतकको पहिचान खुलेको छैन।