७९ वटा मूर्ति फिर्ता

maitrinews

 

काठमाडौँ । नेपालबाट गैरकानुनी रूपमा विदेशिएका लिच्छवि र मल्लकालीन मूर्ति फिर्ता गर्ने कार्यले पछिल्लो समय गति लिएको छ । अमेरिका, फ्रान्स, बेलायत, जर्मनलगायत देशबाट ७९ वटा मूर्ति फिर्ता ल्याइसकिएको छ । बेलायतका एक नागरिकको निजी सङ्ग्रहमा रहेका तीन मूर्ति फिर्तासम्बन्धी सम्झौतापत्रमा विश्व सम्पदा दिवसकै दिन सोमबार हस्ताक्षरसमेत हुँदैछ । यद्यपि पद्मपाणि लोकेश्वेर, शाक्यमुनि बुद्ध र नागराजको मूर्ति कहाँबाट कहिले चोरिएको थियो भन्ने विषयचाहिँ अध्ययन र खोजमै रहेको छ ।

पुरातत्त्वअधिकृत सरिता सुवेदीका अनुसार मूर्तिको बनोट, शैलीका आधारमा नेपालकै हो भन्ने पुष्टि भएर फिर्ता ल्याउन लागिए पनि कुन ठाउँबाट चोरिएको थियो भन्ने जानकारी हुन सकेको छैन । सन् १९५० पछिको तीन दशक नेपालबाट मूर्ति चोरीका घटना अत्यधिक भएको र सोही समय नेपालका महìवपूर्ण सम्पदा विदेशिएको उहाँले बताउनुभयो ।

नेपालबाट लिच्छवि तथा मल्लकालीन मूर्ति कति विदेशिए भन्ने यकिन तथ्याङ्क पुरातत्त्वसँग छैन । कहिले, कहाँबाट चोरी भयो रु त्यसको पर्याप्त विवरणसमेत छैन । नेपालमा पुरातात्त्विक सम्पदा के कति छन् रु त्यसको खास विवरण पनि छैन ।

पुरातत्त्वका प्रमुख संरक्षण अधिकृत सुभद्रा भट्टराईले भन्नुभयो, “यसको विस्तृत अध्ययन हुन सकेको छैन । योजनाबद्ध रूपमा पर्याप्त बजेट व्यवस्था गरी हराएका र देशभरका सम्पदाको विस्तृत तथा व्यवस्थित अभिलेख आवश्यक छ ।” नेपालबाट हराएका र विश्वका विभिन्न निजी तथा सरकारी सङ्ग्रहालयमा रहेका नेपाली मूर्ति फिर्ता ल्याउन पुरातत्त्वले पछिल्लो समय सक्रियता बढाएको छ । यसमा सम्पदा संरक्षण अभियन्ताको भूमिका महìवपूर्ण रहँदै आएको बुझाइ उहाँको छ ।

हराएका नेपाली मूर्तिको खोजी गर्ने पुरातत्त्वको आफ्नै कुनै संयन्त्र नभए पनि सम्पदा अभियन्ता र विदेशमा रहेका नेपालीको सूचनाका आधारमा खोजी अभियान थाल्दै आएको छ । सामाजिक सञ्जाल, पत्रपत्रिका, मूर्तिसम्बन्धी विदेशीले लेखेका पुस्तकका आधारमा पुरातŒवले मूर्ति खोजी गर्दै आएको छ ।

स्विट्जरल्यान्डको वासेलमा लिलाममा राखिएकै स्थानबाट समेत नेपाली मूर्ति फिर्ता ल्याउने पहल थालिएको छ । भक्तपुरस्थित हनुमानघाटबाट सन् १९८० तिर चार टाउके महेश्वरको मूर्ति हराएको थियो । प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयो, “वुरेड वेल्ली विड्मर अक्सनमा राखिएको चार टाउके महेश्वरको मूर्ति कूूटनीतिक पहलबाट तत्काल रोकिएको छ । त्यस मूर्तिलाई नेपाल ल्याउन पहल थालिएको छ ।”