घोषणापत्रबारे एमालेमा छलफल

maitrinews

 

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकअघि केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ । सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बेलुका ६ बजे बस्दैछ । सो बैठकअघि केन्द्रीय कार्यालयको बैठक पार्टी कार्यालय, थापाथलीमा बस्ने तय भएको एमाले नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार सचिवालय बैठकमा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारीबारे छलफल हुनेछ । पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्र लगायत छलफलका विषय रहेको एमाले नेताहरूले जनाएका छन् । एमालेले महानगर र उपमहानगरका मेयर उपमेयर केन्द्रबाट निर्णय गरेर उम्मेदवार बनाउने जनाएको छ भने नगर र पालिकामा सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला र प्रदेशले निर्णय गर्ने गरी यसअघि नै निर्णय गरेको छ । एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको कार्यदललाई घोषणापत्र तयार गर्न जिम्मेवारी दिएको थियो । वैशाख ९ गते केन्द्रमा घोषणापत्र र स्थानीय सबै तहमा प्रतिबद्धता पत्र सार्वजनिक गने एमालेको तयारी छ ।