महाकाली नदीमा दुई किशोरी बेपत्ता

बैतडी : शुक्रबार बैतडीको महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता भएका छन् ।

 

बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा हुन् ।

 

शुक्रबार दिउँसो एक बजे नुहाउने क्रममा महाकाली नदीको नगतडीबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

 

किशोरी बेपत्ता भएको खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।