काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा बस्दै

ललितपुर : नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

बैठक बिहान ९ः३० बजे बैठक सुरु हुने समितिले जनाएको छ ।

बैठक निर्वाचन तयारी, गठबन्धनमा सिट बाँडफाँट र पार्टीको आन्तरिक विवादबारे बस्ने भएको हो ।

समितिले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।