मन्त्रिपरिषद् बाट १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार

काठमाडौं सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने करिब रु १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले यही साउन २६ गते गरेको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यक्रम  आयोजना गरिएकाे थियाे ।

 

मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्वी तराइको सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब रु दुई अर्ब १३ करोड ६४ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।