नेप्सेसँगै उकालो लाग्यो कारोबार रकम

काठमाडौं : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ । यस दिन नेप्से परिसूचक २७.७२ अंक बढेर २०६८.४२ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ५.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८१ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन साढे १ अर्बभन्दा कमको शेयर कारोबार भएको बजारमा यस दिन २२० स्टकको ४१ हजार ५७१ पटकको कारोबारमा २ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको ५१ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । हिजोको तुलनामा यस दिन कारोबार रकम पनि बढेको छ ।

बिहीबार ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ ।