महिनावारीमा पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउन जोड

ललितपुर : ललितपुरमा महिला जनप्रतिनिधिहरुले महिनावारीमा पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउन जोड दिएका छन् ।

एक्सपोज नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा महिला जनप्रतिनिधिहरुले महिला स्वास्थ्य र वातावरण स्वास्थ्यलाई ध्यानमा राखेर पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै महानगरकी उपप्रमुख मञ्जिला शाक्य बज्राचार्यले पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने उद्योग को प्रवर्द्धन गरी त्यसको प्रयोग बढाउनुपर्ने बताउनुभयो । उहाँले महानगरपालिकाले यस्तो प्याड बनाउने तालिम प्रदान गरी महानगरभित्रै उत्पादन बढाइ देशबाहिरबाट हुने केमिकलयुक्त प्याडको आयात रोक्न सकिने बताउनुभयो ।

No description available.

स्वस्थ्य महिनावारी र पुनः प्रयोग गर्न मिल्ने सजिलो प्याडको उत्पादनमा काम गरिरहेको एक्सपोज नेपालसँग महानगरले सहकार्य गर्ने बताए ।

एक्सपोज नेपालका अध्यक्ष ज्ञान मर्हजनले महिलाहरुको स्वास्थ्य र आर्थिक पाटोलाईसमेत ध्यानमा राखेर महिलाहरुलाई सजिलो प्याड बनाउने तालिम प्रदान गर्दै आइरहेको जानकारी गराए साथै उहाँले सुति, फ्लाटिनका कपडाबाट स्वस्थकर लिकेज नहुने र टिकाउ, कम खर्चिलो प्याड बनाउन सकिने तथा कपडा र त्यसमा प्रयोग भएका सामग्रीको निर्मलीकरणका साथै गुणस्तर मापन गरेर मात्र प्रयोगका लागि बजारमा पठाउने गरिएको जानकारी दिनुभयो ।

No description available.

कार्यक्रममा बोल्दै महिला वडा सदस्यहरुले वडा वडामा यस्तो तालिम सञ्चालन गरी घरघरमै प्याड उत्पादन गरेर विदेशबाट आयात हुने प्याड विस्थापन गर्नुपर्ने बताए ।
साथै स्थानीय तहले बजेट विनियोजन गरेर नै यसकिसिमका तालिम सञ्चालन गर्नुपर्ने र पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउनुपर्ने बताए ।

स्वास्थ्य र स्वस्थ महिनावारी तपाईं हाम्रो रखवारी विषयक अन्तरक्रियामा ललितपुर महानगरका २९ वटै वडाका महिला जनप्रतिनिधिको सहभागिता रहेको थियो ।