सत्तारुढ गठबन्धन कार्यदलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं : सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँटका बारेमा छलफल हुनेछ ।

मंगलबार सम्ममा सिट बाँडफाँटको सबै पक्ष टुंगो लाग्ने गठबन्धनका नेताहरूले बताइरहेका छन् ।