निलम्बित प्रधानन्यायाधीश राणाले आफ्नो बयानमा हस्ताक्षर गर्दै

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो बयानमा हस्ताक्षर गर्न सहमति जनाएका छन् ।

महाअभियोग सिफारिस समितिले राणालाई सोधेको प्रश्नमा उनले दिएको बयान उतार्दा झण्डै १७३ पाना भएको समितिले जनाएको छ ।

राणाले सुरूआतमा आफ्नो बयानमा हस्ताक्षर गर्ने बताए पनि पछि इन्कार गरेका थिए ।

समितिले हस्ताक्षर नगर्ने हो भने एक एक लाइन पढी सुनाउँछौँ भनेपछि राणा हस्ताक्षर गर्न सहमत भएको हो ।

समितिमा रहेका सांसद मीनबहादुर विश्वकर्माका अनुसार ‘उहाँले हस्ताक्षर गरेपछि फेरि उनी माथि पूरक बयान लिने तयारी छ ।’

राणाको बयान आजै सक्ने र सम्भव भएसम्म प्रतिनिधि सभाको समितिमा प्रतिवेदन बुझाउने समितिको तयारी छ ।

तर नेकपा एमालेले राणाले आरोप लगायतका कतिपय विषयमा थप अध्ययन गर्नुपर्ने धारणा राख्दै आएको छ ।