शनिबारदेखि दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्दै (भाडाको लिस्ट सहित)

काठमाडौं नजिकिंदै गरेको दशैंका लागि भोलि शनिबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार भोलि विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खुल्ने छ ।
यात्रुले २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार टिकट काट्ने सुविधा पाउनेछन् ।
विभागका महानिर्देशक डा. टोकराज पाण्डेका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् ।
व्यवसायीले बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जनाएकाे छ ।
यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय पनि भएको छ ।
बढेकाे भाडाको लिस्ट हेर्नुहाेस