धितोपत्र बोर्डले नयाँ ब्रोकरका लागि माग्यो आवेदन

काठमाडाैं : नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेकाे छ ।
बोर्डले आइतबार सार्वजनिक सूचना निकालेर ३० दिनभित्र अनुमतिपत्रका लागि बोर्डमा आवेदन दिन आह्वान गरेको हो।
धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानुनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले अनुमतिपत्रका लागि आवेदन दिन पाउने सूचनामा उल्लेख छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानूनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले तीस दिन भित्रमा आवश्यक कागजातसहित आवेदन दिनुपर्ने सूचनामा जनाएकाे छ।
निवेदन पेस गर्दा निवेदकको नाम, ठेगाना स्पष्ट खुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी धितोपत्र व्यवसायी नियमावली, २०६४ मा उल्लेखित कागजात तथा विवरणहरू पेस गर्नुपर्नेछ।