राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणमा अस्वीकार, म्याद सकिएपछि स्वतः निष्क्रिय

काठमाडौँ । नागरिकता विधेयक राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि स्वतः निष्क्रिय बनेको छ । राष्ट्रपति विधादेवी भण्डारीले सो विधेयक प्रमाणीकरण गर्न स्वीकार नगरी मौन बसेपछि विधेयक स्वतः निष्क्रिय बनेको छ ।

राष्ट्रपति भण्डारीले संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि त्यसको गठबन्धन दललाई समेत समस्यामा पारेको छ । अहिलेसम्मको अवस्था हेर्दा राष्ट्रपति कार्यालयले यसबारे कुनै सूचना जारी गरेको छैन।

यो भनेको राष्ट्रपतिले अस्वीकार गरेको हो । राष्ट्रपति निकट स्रोतले भने संविधानको धारा ६१ को उपधारा ४ ले संविधानको संरक्षक मानेको र नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले त्यहि संविधानको संरक्षण गरेको बताएको छ ।