बालेनले माफी नमागेसम्म उनी विरुद्धको आन्दोलन जारी रहने नेवार समुदायको चेतावनी; संस्कृति मन्त्री श्रेष्ठ मौन

काठमाडौँ, १७ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पछिल्लो समय अत्याधिक बिबादमा तानिनु भएको छ । कुनै समय यमबुद्धको सालिक निर्माण गर्ने सन्र्दभमा पनि साहको अत्यधिक विवादमा तानिनु भएको थियो । सार्वजनिक कार्यक्रममा मदिरा सेवन गरेर सहभागी हुँदा पनि साहको आलोचना भएको थियो । एकपछि अर्को गर्दै विवादमा तानिे साहलाई फुटपाथ व्यवस्थापन नगरेर दसैँको मुखमा उठिवास लगाउँदा पनि आलोचना भएको थियो ।
अहिले नेवार समूदायको आस्थामाथि नै धावा बोल्ने काम गरेपछि उहाँको थप आलोचना भएको छ । सुधारका काममा भन्दा पनि मिडिया स्टनमा बढी खुशी हुने साहलाई यो पटक नेवार समूदायको आस्थामाथि बोलेको धावा महङ्गो हुने भएको छ । सर्वत्र आलोचना भैरहेका बेला साह विजयी हुँदा एउटै सवारीमा चढेर वालेनको समर्थन गर्ने सुमन सायमी समेत साहको विरोधमा उत्रिनुले त्यसैको संकेत गर्छ । अभियन्ताहरु अहिले बालेनको विरोधमा छन् ।
उनीहरुले डोजर आतङ्कले समाधान नहुने भन्दै बालेनको विरुद्धमा पुत्लासमेत दहन गरेका छन् । यस अघिका मेयरले सम्पदामाथि घात गरेको भनेर कुनै पनि मेयरको पुत्ला दहन भएको इतिहास छैन । तर, बालेनले एकपछि अर्को गर्दै संकृतिमाथि धावा बोल्न थालेपछि विरोध सुरु भएको हो ।
साहले केही दिन अघि बाङ्गेमुढामा डोजर चलाएपछि नेवाः सभ्यता र संस्कृतिमाथि नै डोजर चलाएर आतंकित बनाएको भन्दै ‘कोर सिटी’का नेवार समुदाय आन्दोलनमा उत्रिने भएका छन् । टुकुचाको डेढ सय वर्ष पूरानो सुरुङ भत्काएपछि असन र बाङ्गेमुढामा आक्रमण गरिएको भन्दै स्थानीयले आज साँझ बाङ्गेमुढा चोकमा खबरदारी सभा समेत आयोजना गरेका थिए ।
यस्तै बालेनको पुत्ला दहन लगतै मसाल जुलुस पनि निकालेको छ । यसरी मेयरको विरुद्ध मसाल जुलुस निकालेको पनि पहिलो पटक हो । नेपालभाषा मंका खलका पूर्व महासचिब नरेश बीर शाक्यले बालेनको यस्तै डन प्रबृति हुने हो भने गुठी आन्दोलन भन्दा पनि ठूलो आन्दोलन गरेर बालेन लाई पदच्यूत गर्ने समेत बताए ।
यसरी डोजर चलाउँदै हिड्ने नगर प्रहरीका राजुपाण्डेले नियम कानुन र संविधानलाई समेत वेवास्ता गरी केही प्रलोभनमा परेर स्टन्ट शैलीमा डोजर आतंक मैचाई रहेको जनमानसमा गुनासो छ । तर महानगरको यस्तो प्रबृति विरुद्ध नेपाल सरकार मौन बस्नुलाई कहीं यी सबै यो गठबन्धन सरकारका नेतृत्व गरिरहेका प्रधानमन्त्र शेरबहादुर देउवाको त हात छैन भनी पनि शंका गर्न थालेका छन् ।
महानगरले यस्तो गुण्डा गर्दी गर्दा पनि संघीय सांसद एवं संस्कृति तथा पर्यटन मन्त्री जीवन राम श्रेष्ठ मौन बसेको देखेर स्थानीयहरु अचम्मीत भएका छन् । नेवार समुदायको संम्पदामा बालेनले धावा बोल्दा समेत मन्त्री श्रेष्ठ मौन बस्नुले नेवार सम्पदा मास्ने काममा कहीं मन्त्री श्रेष्ठको समेत संलग्नता छ कि भनी आन्दोलनमा सहभागी एक अभियन्ताले बताए ।
बाङ्गेमुढाको त्वाःछेँ भवन (सामुदायिक भवन) महानगरपालिकाले शुक्रवार डोजर लगाएर भत्काएपछि यहाँका स्थानीय विरोधमा उत्रिएका हुन् । वडा भवन बनाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदारहँदै महानगरपालिकाले जबरजस्ती भत्काइदिएको विरोधमा बाङ्गेमुढाका स्थानीय बासिन्दाबाट बाङ्गेमुढा चोकमा खबरदारी सभा आयोजना गरिएको थियो । नेवाः समुदायले यसको विरोध निरन्तर राख्ने जानकारी दिएका छन् ।