काठमाडौंकाे गौशलामा बाल्टीनकाे पानीमा डुबेर बालकको मृत्यु

काठमाडौं, २० कात्तिक । काठमाडौंकाे गौशलामा बाल्टीनकाे पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरी काे बाल्टीनमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो डुबेर गम्भीर घाइते भएका बालककाे काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे जनाएकाे छ ।