“हामीले गरेका राम्राकामहरु नै एमालेका उम्मेदवारहरु पुनः विजयी हुने आधार हुन् ” : डा. शाक्य

काठमाडौं, २२ कात्र्तिक । काठमाडौं क्षेत्र नं. ९(१) का पुर्व सांसद डा. अजय क्रान्ति शाक्यको पहलमा बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.व. ०७८/७९को बजेट मा विनियोजित रकमबाट का.म.पा. २१ दलाछि स्थित नाटेश्वर मन्दिर (नासः द्यः देगः) पुर्ननिर्माण सम्पन्न भएको छ ।

२०७२ को महाभूकम्प बाट क्षति भएको उक्त मन्दिर पुर्ननिर्माण सम्पन्न भईसकेपनि विविध कारणले उद्घाटन हुन सकेको थिएन । तर यस मन्दिरको आज एक कार्यक्रम बीच बागमती प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री डा.अजय क्रान्ति शान्ति शाक्यबाट ताम्रपत्र अनावरण गर्नु भई समुद्घाटन गर्नु भयो ।

उक्त कार्यक्रममा आगामी मंसिर ४ गते हुन गइरहेको बागमती प्रदेश सभा सदस्यको आम निर्वाचन मा नेकपा(एमाले)को सूर्य ध्वजाबाहक उम्मेदवार हरि कृष्ण डंगोल सहित का.म.पा २१ वडाका वडा अध्यक्ष उदय चुडामणि बज्राचार्य,सदस्यहरू न्हुछेदवी महर्जन लगायत उक्त मन्दिरका गुठीयारहरु र स्थानीयहरु को उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमा पूर्व मन्त्री डा. शाक्यले आफ्नो कार्यकालमा आफ्नो क्षेत्रमा करीब  नब्बे प्रतिशत सम्पदाहरु पुर्ननिर्माण सम्पन्न भएको जानकारी दिनु भयो । आफूले समाजसेवा हेतु विभिन्न कार्यक्रमहरु गरेको र आफ्नो कार्यले जनताहरुले आफूलाई पुनः सांसदमा उठन् डेलिगेसन नै आएर आग्रह गरेको भएता पनि आफूले त्यागको भावना राखेर नयाँ समाजसेवी व्यक्तिलाई प्रदेश सांसदमा प्रस्ताव गरेको वताउनु भयो ।

उहाँले यसपालि पनि आफ्नो क्षेत्रमा नेकपा एमाले ले गरेको उदाहरणीय कामहरु हेरेर अवको नेकपा(एमाले)का उम्मेदवारहरुलाई अत्यधिक वहुमतले विजय गराउने वताउनु भयो । उक्त कार्यक्रममा उहाँले आफ्नो क्षेत्रमा रहेको विभिन्न गुठीहरुलाई परम्परागत वाजाहरु वितरण गरेको स्मारण गराउनु भयो । आजको यस उद्घाटन कार्यक्रमा समेत उहाँले वितरण गर्नु भएको वाजा(दाफा) बजाएर परम्परागत भजनहरु बजाएको थियो । कार्यक्रम समापन भएपछि तुच्चा कार्यक्रम पनि राखेको थियो ।