शहरी विकास मन्त्री मेटमणि चौधरीलाई कारबाही गर्न आयोगलाई पत्र

काठमाडौं, २४ कात्तिक । मधेशी आयोगले शहरी विकास मन्त्रीसमेत रहेका मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।

मन्त्री चौधरीले कार्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेसी समुदाय विवेकहीन र चेतना नभएको समुदाय रहेको जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेपछि मधेसी नागरिक समाज र संचारमाध्यमहरुले मधेसी आयोगमा उजुरी दर्ता गराएको हाे ।

चौधरीले मधेशी समुदायलाई ‘विवेकहीन र चेतना नभएको समुदाय रहेको’ जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको भन्दै आयोगमा उजुरी परेको छ ।

सो उजुरी दर्ता भएपछी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा मधेसी आयोगले निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्री चौधरीलाई आवश्यक कारबाही गर्न अनुरोध गरेको छ ।