परमादेशी सरकारलाई हराउन एमालेसँग तालमेल गरेका हौं: एकनाथ ढकाल

कैलाली, २८ कात्तिक । नेकपा एमालेसँग चुनावी सहकार्य गरी निर्वाचन प्रचार प्रचारमा होमिएका एमालेका समानुपातिक उम्मेदवार तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले परामादेशी सरकारलाई हराउन एमालेसँग तालमेल गरेको बताएका छन् ।

नेकपा एमाले तथा नेपाल परिवार दल सुदूरपश्चिमले धनगढीमा संयुक्त आयोजना गरेको उम्मेदवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यकममा बोल्दै ढकालले अगामी निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओली फेरी प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका उम्मेदबार ढकालले न्यायप्रेमी नेपाली जनताले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्दै परमादेश गलत भएको प्रमाणित गर्ने जिकिर गरे । सुर्यमा मत माग्दै देश ब्यापी अभियानमा हिडेका ढकालले जनतामा ओली प्यास रहेको आफुले पाएको बताउदै मङ्सिर चार गते जनताको उक्त प्यास मेटिने जिकिर गरे ।

‘देशमा अहिले परमादेशबाट बनेको गठबन्धनको सरकार छ । नेपाली जनताको संमृद्वि, प्रगति नचाहने देशी विदेशीतत्वहरू संगको मिलोमतोमा अपारदर्शी र अलोकतान्त्रिक तरिकाले सरकारलाई बर्खास्त गर्नु आपतिजनक भएकाे भन्दै नेता ढकालले संसदवाट प्रधानमन्त्री बन्ने संबैधानिक मान्यताको बिपरित अदालती परमादेश वाट प्रधानमन्त्री नियुक्तिको गलत पद्धती र नजिर सच्याउन मङ्सिर ४ गते जनताले सहि फैसला गर्ने बिश्वाश ब्यक्त गरे ।

परमादेशी सरकारलाई हराउन र समृद्ध नेपाल सुखी, नेपालीको नारा साकार पार्न एमाले संग चुनावी तालमेल गर्नुको विकल्प नरहेको उहाँको भनाई थियो । सुर्य चिन्हबाटै प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार समेत रहेका ढकालले परिवार दलले सुदुरपश्चिमको विकासको लागी नेकपा एमाले संग मिलेर कामगर्ने बताए ।

कार्यक्रम नेपाल परिवार दलका केन्द्रीय सदस्य एवं सुदुरपश्चिम संयोजक खडक सिंह नागरिको सभापतित्वमा र अध्यक्ष ढकालको प्रमुख आतिथ्यमा र कञ्चनपुर क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी रानाको बिशेष उपस्थितिमा भएकाे थियो ।

भेलामा बोल्दै नेता रानाले मंसिर–४ पछि नेपाली जनताको आफ्नै सरकार वा ओली सरकार बन्ने र जसले मुलुकलाई संमृद्विको दिशातिर लाने दाबी गर्दै मंसिर ४ पछि जनताको अनुहारमा खुसी ल्याउने प्रतिबद्दता गरे ।

कार्यक्रममा कञ्चनपुर ५ ख का उम्मेदवार दुर्गा प्रसाद जोशी, परिवार दलका केन्द्रीय सदस्य अधिवक्ता दयाराम कडेल, केन्द्रीय सदस्य निर्मला श्रेष्ठले आ–आफ्नो मन्तव्य राख्दै सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

कार्यक्रमका सभापति खडक नागरिले सुदुरपश्चिमका सबै जिल्लामा परिवार दलले एमाले लाइ सघाउने बताए । नेकपा ऐमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी राना, प्रदेश सभा ५ (क) का उम्मेदवार नेपालु चौधरी र प्रदेश सभा ५ (ख) का उम्मेदवार दुर्गा प्रसाद जोशी , प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार धर्म राज पाठक, नेपाल परिवार दलका केन्द्रीय सदस्यहरू बिष्णु बि.क , निर्मला श्रेष्ठ , जितेन्द्र श्रेष्ठ, धर्म रोकाया,सुशील लामिछाने, पिस फोर्स नेपालका केन्द्रीय अध्यक्ष रविन्द्र चौलागाईं, परिवार दल कञ्चनपुर जिल्ला अध्यक्ष विशाल चौधरी , अनेरास्ववियु सुदुरपश्चिम संयोजक मनोज राई, नेपाल परिवार दलका सुदुरपश्चिम प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।