चर्चित सञ्चारकर्मी भुषण दाहाल र कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरी ओलीसँगसँगै (सात तस्बिर)

ललितपुर, २९ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज ललितपुर–३ मा पुग्दा चर्चित सञ्चारकर्मी भुषण दाहाल र कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीलगायतले स्वागत गरेका छन् । प्रतिनिधि र प्रदेश सभा सदस्यमा एमालेले युवालाई उम्मेदवार बनाएको भन्दै ललितपुर –३ का नागरिक समाजले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद समेत दिएका छन् । आज ललितपुर–३ भैसेपाटीमा नागरिक समाजले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा अध्यक्ष ओलीलाई चर्चित सञ्चारकर्मी भुषण दाहाल र कार्यक्रम प्रस्तो सुरजसिंह ठकुरी लगायत युवाले पदयात्रामा सहभागी भएर स्वागत गर्नुभयो ।