उपत्यकामा चुनावका दिन गाडी चलाउन रोक

काठमाडाैं, ३० कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा सवारी साधन चलाउन रोक लगाएको छ।

कार्यालयले एक सूचना जारी गर्दै बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म गाडी चलाउन रोक लगाएको हो।

चुनावका दिन अतिआवश्यक सेवा र अनुमति प्राप्त सवारी साधनमात्रै चलाउन पाइने भएको हो।

सूचनाको पालना नगर्नेलाई कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन्।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि मंसिर ४ गते बिहान ४ बजेदेखि साँझ ७ बजेसम्मको लागि रोक लगाएको छ। त्यस्तै ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गरेको छ।