मुस्ताङका तीनै सीटमा नेपाली कांग्रेस विजयी

काठमाडौं, ५ मंसिर । मुस्ताङका तीनै सीटमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए । उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजीत गरेका हुन् । योगेशले ३ हजार ९ सय ९२ मत पाएका छन् भने प्रतिश्पर्धी प्रेमले ३ हजार ७८ मत पाएका थिए ।

प्रदेश सभा (क) मा कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । ३२ वर्षका नम्डु गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजीत भएका थिए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी विष्टले ७ सय ९३ मत पाए ।

प्रदेश (ख) मा पनि कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।