मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

काठमाडौं, ५ मंसिर । मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

टेकबहादुरले २ हजार ५७७ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिद्वन्दी छोपाङले २ हजार २४७ मत पाएका छन् ।

०७४ मा एमालेका गुरुङले २३ सय मतसहित चुनाव जितेका थिए भने कांग्रेसका टेकबहादुर २०२१ मत पाएर पराजित भएका थिए।