काठमाडौं –८मा लौरोले खोल्यो खाता

काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क)मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन् ।

सम्पन्न मत गणनाअनुसार हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य निर्वाचित भइसकेका छन् ।
तर औपचारिक रूपमा घोषणा हुन भने बाँकी रहेको छ ।

बज्राचार्यले ५ हजार ४६२ मत ल्याएका छन् भने नेकपा एमालेका राजेश शाक्यले ३७११ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका राजुराज जोशी ३६७० मत ल्याएका छन् ।